BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

दुवाचाैर । भट्टार- तालामाराङ सडक कालोपत्रेका लागी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गरेका छन ।

आज मेलम्ची नगरपालिकाका प्रमुख तामाङ सहित, उपप्रमुख उमा प्रधान, वडा नम्बर ७ का अध्यक्ष पासाङ दोङ, वडा नं ६ का वडा अध्यक्ष प्रेम बहादुर ताममङ, प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र लगायतकाे उपस्थितिमा शिलान्यास कार्यक्रम भएकाे हाे ।

इन्द्रावती गाउँपालिकाको सूचना

कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले संघ र नगरपालिका मिलेर सडक स्तर उन्नति र कालोपत्रेको लागी बजेट ब्यबस्था गरि अहिले काम सुरु भएको बताए । बहुबर्षिय योजना भएकाले अहिले २ करोड रुपैयाँको काम हुने मेयर तामाङले जानकारी दिए ।

तालामाराङ भट्टार पुलका लागी प्रदेश र संघ लाई नगरसभा बाट सिफारिस गर्ने समेत तामाङले प्रतिबद्धता जनाए । नगर प्रमुख तामाङले नगरलाई समृद्ध बनाउन अहिलेको जनप्रतिनिधिको दायित्व र जिम्मेवारी भएकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी दिए ।

निर्माणको जिम्मा पाएको श्री रुद्रादेवी बटुसफल जेभिले सडक कालोपत्रे, सोलिङ, ग्राभेल, नाला, वाल लगायतको काम २०८३ साल माघ सम्म सम्पन्न गर्नुपर्ने छ । तिन बर्से आयोजनाको लागि ६ करोड ७८ लाख रुपैयाँमा सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय