BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

१५ माघ, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको सबैभन्दा माथिल्लो बस्ती तेम्बाथाङमा होमस्टे तालिम गरिएको छ । गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले गरेको तालिममा ३५ जना स्थानीय लाभान्वित भएका छन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

होमस्टे महासंघ नेपालको संस्थापक अध्यक्ष भिम केसिलगायत ३ जनाको टोलीले ५ दिनसम्म जुगल गाउँपालिका वडा नम्बर २, ३ र ६ का स्थानीयलाई कोदोको केक र आलुको परिकार बनाउन सिकाए ।

स्थानीय उत्पादनबाट २६ वटा परिकारका खानाको पाक शिक्षा, होमस्टेको संचालन, दर्ता प्रक्रिया साथै जुगलमा पर्यटनको बिकास, प्रवर्धन, सम्भावना र चुनौतीहरुको विषयलाई समेत समेटेर तालिम दिइएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । उनले ‘ब्रान्डिङ’ गर्न खोजिएको कोदोको केकलाइ बजारमा लानुपुर्व ल्याब टेस्ट गरिने र आलुलाई नयाँ स्वाद र डिजाइन सहित ‘जुगले आलु‘ नाम दिई बजारमा लाने बताए ।

आइतबार बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै कार्यक्रमको समापन गरे । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोसहित वडाअध्यक्ष, वडासदस्य लगायत स्थानीयको उपस्थित थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय