चाैतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई जनही क्रमश ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गर्ने भएकाे छ ।
उपाधि जितेर नगरबासीलाई खेलाडीहरुले गौरवान्वित तुल्याएको भन्दै साे नगद पुरस्कार प्रदान गर्ने पनि घोषणा गरेकाे नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकाेटाले जानकारी दिए । सो अवसरमा नगरप्रमुख सापकोटाले उपाधि जितेर खेलाडीहरुले सिंगो नगरपालिकाको शीर उच्च बनाएको बताए ।
इन्द्रावती गाउँपालिकाको सूचना


आज चौतारा साँगाचोकगढी नगरपालिका खेलकूद विकास समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई शिल्ड तथा ट्रफी हस्तान्तरण गरेको छ । जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकद्वारा आयोजित दसौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचाकगढी नगरपालिकाले ४१ स्वर्णपदकसहित प्रथम हुन सफल भएको थियो ।
प्रतियोगितामा प्राप्त शिल्ड तथा ट्रफी सोमबार प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।
