BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चाेक । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस सिन्धुपाल्चाेकले पनि वडा तहसम्म प्रतिनिधि खटाउने भएकाे छ । वडा तह सम्म खटाउने प्रतिनिधि भने जिल्ला कार्यसमितिले ताेक्ने जिल्ला प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

‘जिल्ला कार्यसमितिले आज भाेलिमै प्रतिनिधि छनाैँट गर्छाैँ, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्य, पूर्व पदाधीकारी, क्षेत्रिय कार्य समिती पदाधीकारी सदस्य लगाएतको प्रतिनिधिहरू वडामा खटिनुहुनेछ’, प्रवक्ता भट्टराईले भने ।

२६ गते सम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्ने उनले बताए । ‘तर, औपचारिक कार्यक्रम भने हुनेछैनन्’, उनले भने ।

सिन्धुपाल्चाेकमा समुदायमा कांग्रेस अभियान १४ गतेबाट शुभारम्भ भएकाे थियाे । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामा को सभापतीत्वमा भएकाे कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका लागी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय