नवलपुर । बूढी चौर कप फुटबलको सेमिफाइनलकाे पहिलाे खेल सम्पन्न भएकाे छ ।
इन्द्रावती सृजनशील A र इन्द्रावती १२ A बिच पहिलाे सेमिफाइनल भएकाे हाे । पहिलाे खेलमा इन्द्रावती सृजनशील A ले इन्द्रावती १२ A लाई २-० को गोल अन्तरले पराजीत गरेकाे संस्थाका सल्लाहकार सदस्य अजय पुर्कुटिले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाको सूचना


याे संगै इन्द्रावती सृजनशील A फाइनल प्रवेश गरेकाे छ । इन्द्रावती ५ र इन्द्रावती ९ बिचकाे विजयी टिम र इन्द्रावती सृजनशील A बिच फाइनल खेल हुनेछ ।
त्यस्तै दाेस्राे सेमिफाईनलकाे खेल इन्द्रावती ५ र इन्द्रावती ९ बिच जारी रहेकाे छ । २१ टिम सहभागी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।
