सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता आज शनिबार तेर्से मा.वि. तालामाराङको प्राङ्गणमा उद्घाटन भएको छ ।
टीम नेपालका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष निलबहादुर शाहीले एक कार्यक्रमका बीच खेलको उद्घाटन गरेका हुन । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका भित्रका ११ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेल आयोजक तेर्से मा.वि. र जनजागृती मावि मेलम्ची ११ बीच भएको छ ।
इन्द्रावती गाउँपालिकाको सूचना


कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, मेलम्ची नगरपालिका शिक्षा शाखाका प्रतिनिधि सुनिल भण्डारी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरु समेतको आतिथ्यता रहेको थियो ।
खेल आइतबार सम्म चल्नेछ । २२ गते वडास्तरीय बिबिध प्रतियोगिता सञ्चालन हुनेछ भने २५ गते मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता वार्षिकोत्सव विशेष बृहद् कार्यक्रम हुने विद्यालयले जनाएको छ ।
