हेलम्बु । स्वास्थ्य अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।
न्यु राइजिङ युवा क्लबको आयोजनामा २६ गते सम्म फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद बिभागका संयोजक छिरिङ लामा ह्योल्मोले उद्घाटन गरे ।
इन्द्रावती गाउँपालिकाको सूचना



प्रतियोगिताको उद्घाटन गर्दै ह्योल्मोले खेलाडी उत्पादनका लागी गाउँपालिकाले खेलकुदमा लगानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा खेलाडी उत्पादन हुने कुरामा पालिका आशावादी रहेको बताए । उनले अहिले देखीनै खेलाडी उत्पादन गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने बताए ।
प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको न्यु राइजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङ तामाङले बताए । खेल राइजिङ खेल मैदान गणेश बगरमा हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै द्वितीय हुनेले ५० हजार प्राप्त गर्नेछन् । ल्लोछार पर्वको अवसरमा २६ गते सांस्कृतिक कार्यक्रम पनि हुने अध्यक्ष तामाङले बताए । प्रतियोगिताको संरक्षक हेलम्बु गाउँपालिका रहेको छ । कार्यक्रममा कार्यपालिका सदस्य सोमो लामा लगायत स्थानीय खेलप्रेमी हरुको उपस्थिति रहेको थियो । अहिले न्यु राइजिङ ए र इचोक युवाक्लव बिचको खेल जारि छ ।

