BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चाेक । मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौ लैजान दबाबमुलक पदयात्राका लागि पार्टीको सम्पुर्ण टिम सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मेलम्ची आउने भएका छन् । यहि माघ २१ गते आइतबार पार्टीले मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गर्ने भएको हो ।

पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तिन /तीन वटा राष्ट्रिय महत्त्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । यसको शुरुआत २१ गते सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट गर्न लागिएको रास्वपा सिन्धुपाल्चोक संयोजक माया गुरुङले बताइन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

दबाब कार्यक्रमको संयोजन भने सांसद सोविता गौतमले गर्नेछिन् । दबाब यात्रामा पार्टी सभापति लामिछाने सहित पार्टीका केन्द्रीय सदस्यहरु र २१ जनै साँसदहरु समेत सहभागी हुनेछन् भने पार्टीको विभिन्न तहका पदाधिकारी समेत सहभागी हुने संयोजक गुरुङले बताइन् ।

२१ गते सभापति लामिछानेले मेलम्ची बजारमा कोणसभा गरि अभियानको बारेमा जानकारी दिँदै शुरुआत भएको घोषणा गर्ने र त्यसपछि बिहान ९:३० बजेबाट मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा शुरु गरि हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको छ । पदयात्राका क्रममा सभापति लामिछानेले स्थानीय बस्तिका बासिन्दाहरुको सुझाव तथा गुनासा समेत सुन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय