दुवाचाैर, सिन्धुपाल्चाेक । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मेलम्ची -७ दुवाचौरमा जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । मेलम्ची-७ का वडा अध्यक्ष पासाङ तामाङले प्रतियोगिताको उद्घाटन गरे ।
योङ स्टार युवा क्लव मेलम्ची -७ दुवाचौरको आयोजना भएको प्रतियोगितामा जिल्लाका १७ टिम सहभागी रहेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगिता २२ गते सम्म चल्ने छ ।
इन्द्रावती गाउँपालिकाको सूचना


प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जुगल गाउँपालिका -४ ले मेलम्ची -१२ लाई सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा मेलम्ची ७ सेल्लेले मेलम्ची ८ लाई पराजित गरेको छ भने तेस्रो खेलमा मेलम्ची २ ले न्यू फेस मेलम्ची ७ लाई पराजित गरेको छ ।
त्यस्तै मेलम्ची ९ ले जलबिरेलाई पराजित गरेको छ अर्को खेलमा मेलम्ची ११ लाई जुगल ६ ले पराजित गरेको छ त्यस्तै हेलम्बु ५ ले मेलम्ची ६ लाई पराजित गरेको छ ।आजको अन्तिम खेलमा आयोजक योङ स्टार युवा क्लवले सृजनशिल युवा क्ल्व छाप बि लाई पराजित गरेको छ ।
