हेलम्बु, सिन्धुपाल्चाेक । स्वास्थ्य अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ आयोजित पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिताको उपाधी न्यू राइजिङ युवा क्लब बि हेलम्बुले जितेको छ ।
शुक्रबार हेलम्बु गाउँपालिका वडा नं २ गणेशेबगर मैदानमा भएको फाइनल खेलमा नुर्बुलिङ युवा क्लब हेलम्बु-२ लाई ४-० ले पराजित गर्दै आयोजक बि ले उपाधी जितेको हो ।
इन्द्रावती गाउँपालिकाको सूचना


न्यु राइजिङ युवा क्लबको आयोजनामा २० गते बाट खेल सुरु भएको थियो । प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको न्यु राइजिङ युवा क्लबका पुर्व अध्यक्ष सुनिल दोङ तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख पुरस्कार प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुनेले ५० हजार प्राप्त गरेको छ । ल्लोछार पर्वको अवसरमा आज सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
प्रतियोगिताको संरक्षक हेलम्बु गाउँपालिका रहेको छ ।बिजेता हरुलाई केहि बेरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायतले पुरस्कार प्रदान गर्नेछन ।
