गणेशे बगर, सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सबै पर्वहरूलाई सम्मान गर्न सकेमा राष्ट्र बलियाे हुने बताएका छन ।
साेनाम ल्हाेछार काे अवसरमा हेलम्बु २ गणेशे बगरमा आयाेजित पाँचाैँ हेलम्बु खुल्ला फुटबल प्रतियाेगिता तथा ल्हाेछार साँस्कृतिक कार्यक्रम लाई सम्बाेधन गर्दै अध्यक्ष शेर्पाले नेपाल बहुभाषिक, बहुधार्मिक देश भएकाे बताए । ‘सबै पर्वहरूलाई सम्मान गर्न सकेमा राष्ट्र बलियाे हुन्छ । ल्हाेछार पर्वले सबै लाई एकजुट हुनकाे लागि प्रेरणा दिनेछ’, उनले भने ।
इन्द्रावती गाउँपालिकाको सूचना


एक बर्षकाे सबै कुराहरू बिर्सिएर मनाेरन्जन गर्नकाे लागी याे कार्यक्रम गरिएकाे उनले बताए । ‘हामीले सबै कुराहरू त्याग्न सक्छाैँ तर हामीले हाम्राे संस्कार त्याग्न सक्दैनाैँ’, उनले भने ‘हामी चाहे धनी हाेस चाहे गरिव हाेस, हामीले संस्कार छाेड्न सक्दैनाैँ’ ।
नेपाली भएपछि नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व हुने शेर्पाकाे भनाई छ । खेलकुदकाे माध्यम बाट पर्यटन प्रवर्द्वन गर्न सकिने भएकाले खेलकुदलाई गाउँपालिकाले प्राथमिकता दिएकाे उनले बताए ।
हेलम्बुमा राम्राे खेल मैदान बनाउन सकेमा राष्ट्रिय स्तरकाे खेलाडी उत्पादन गर्न सकिने उनले धारणा राखे ।
