BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

दुवाचाैर । मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गरेका छन ।

मेलम्ची ७ सेल्लेकाे मिजार टाेलमा बन्न लागेकाे सामुदायिक भवनकाे आइतवार शिलान्यास गरिएकाे हाे । भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेकाे हाे । श्रमदान ३ लाख र नगरपालिकाकाे ३६ लाखमा भवन बन्ने प्रमुख तामाङले जानकारी दिए ।

यो बर्ष ३९ लाखको काम हुने बताउँदै आगामी बर्षहरुमा अपुग बजेट थप्ने नगर प्रमुख तामाङले प्रतिबद्धता व्यक्त गरे । समितिका अध्यक्षको आग्रहमा आवश्यकता अनुसार सामुदायिक भवन निर्माणमा सहयोग गरेको उनले जानकारी दिए । नगर प्रमुख तामाङले नगरपालिकाको सबै वडामा बहुआयामिक भवन बनाउने लक्ष्य अनुसार गत बर्ष ३ वटा र यो बर्ष २ वटा भवन बनाउने जानकारी दिए ।

नगर प्रमुख तामाङले जग्गा दाताहरुलाई धन्यवाद व्यक्त गर्दै सम्मान गर्नुपर्ने बताए । बहुआयामिक भवन १३ वटै वडामा बनाउने लक्ष्य नगरपालिकाकाे रहेकाे छ । भवन अपाङ्गमैत्री, बाल मैत्री र जेष्ठ नागरिककाे लागि सहज हुने छ ।

समितिका अध्यक्ष वीर बहादुर तामाङले यस भवन बाट ४६ घर धुरी लाभान्वित हुने बताए । भवन बनिसकेपछी सामाजिक कार्यहरू गर्न सहज हुने तामाङले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ, नेपाली कांग्रेसका नेता ज्यान बहादुर तामाङ, नेपाली कांग्रेस वडा सभापती दिप तामाङ, समाजसेवी गणेश तामाङ, नगर प्रमुखका प्रेस सल्लाहकार युवराज पुरी, पत्रकार, स्थानिय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय