नवलपुर, सिन्धुपाल्चाेक । शैक्षिक गुणस्तर अभिवृद्वि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएकाे इन्द्रावती गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताएका छन ।
श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव तथा अभिभावक भेलामा मन्तव्य राख्दै वडा अध्यक्ष तामाङले भने ‘शैक्षिक गुणस्तर अभिवृद्वि हुनुपर्छ भनेर वडाले शैक्षिक कार्यक्रमहरू गरिरहेकाे छ । नवलपुर माविलाई उच्च प्राथमिकतामा राखेकाे छ’ । नवलपुर माविमा खेलमैदान ब्यबस्थित गर्न जरूरी रहेकाे र साेकाे लागि वडाले पहल गर्ने उनले बताए ।

आफु वडा अध्यक्षमा निर्वाचित भएपश्चात विद्यालयकाे भाैतिक संरचनाकाे काम अघि बढेकाे उनले बताए । नवलपुर माविकाे घेराबारकाे लागि बजेट बिनियाेजन गरिदिएकाेमा प्रदेश सरकारलाई तामाङले भन्यवाद दिए ।
प्राविधिक शिक्षाकाे ब्यबस्था गर्न सकमा विद्यार्थीकाे भविस्य राम्राे हुने उनकाे भनाई छ । ‘विद्यार्थी संख्या घटेकाे छ, सबै सरकार मिलेर शिक्षामा काम गर्न सकेमा विद्यार्थी संख्या बढ्ने छ’, उनले भने ‘यहाँ राेजगारी सृजना गर्न सकेमा विद्यार्थीकाे संख्या बढ्ने छ’ । शैक्षिक गुणस्तर वृद्वि गर्नकाे लागि कार्यपालिका मार्फत छलफल गरेर याेजना बनाउने उनले प्रतिवद्वता व्यक्त गरे ।
