सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकाे रेडियाे मिसनले सहजिकरण गरेकाे थियाे ।
आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर २ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।
छलफलको क्रममा वडाका स्थानीयले राखेका समस्या, गुनासो तथा सुझावहरूको विषयमा छलफल भएको थियो । जवाफ दिने क्रममा वडा अध्यक्ष श्याम बहादुर गिरीले वडा गत रुपमा भएगरेको कामहरुले गति लिइरहेको जानकारी दिए । वडाले पालिका, प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा वडा गत भौतिक संरचना लगायत आवश्यकताहरू पुरा गर्ने चरणमा रहेको जानकारी दिए ।

वडा बासिको समस्या समाधानका लागि आफू लागिरहेको अध्यक्ष गिरीकाे भनाई छ । आगामी दीनमा पनि वडा बासिको समस्या समाधानमा हरपल लागिरहने उनले प्रतिवद्धता जनाए ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा भोलि बिहिवार सार्वजनिक सुनवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिए ।
