चौतारा साँगाचोकगढी नगरपालिका १ नं वडा कार्यालयको भवन शिलान्यास भएको छ । शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाले एक साथ भवनको शिलान्यास गरे ।
असार मसान्त भित्र ८१ लाख ५६ हजार ४ सय ६९ रुपैयाँ ३९ पैसा लागतमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएकाे हाे । यस वडा कार्यालय भवनको निर्माणको काम असार मसान्त भित्र इस्टिमेट अनुसार सम्पन्न गर्नेगरी सुभारम्भ ईन्जिनियरिङ कन्सट्रक्सन एण्ड कन्सलटेन्ट प्रालि सँग सम्झौता भएको छ ।

१२ सय स्क्वायर फिटमा २ तले भवन निर्माण हुन लागेको हो । साविक वडा कार्यालय रहेकै जग्गामा नया भवन निर्माण हुन लागेको वडाअध्यक्ष युवलाल श्रेष्ठले जानकारी दिए ।
भवन निमार्णको लागि उपयुक्त स्थानको विवादले लामो समयदेखि यहाँ वडा कार्यालयको आफ्नै भवन निमार्ण हुन सकिरहेको थिएन ।
