BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गरेका हुन ।

भवनको उद्घाटन गर्दै प्रमुख तामाङले उत्कृष्ट प्रशासनिक भवन निर्माण सम्पन्न भएको बताए । वडाका नागरीकहरूको लागि यो नै सिंहदरवार भएकाले गुणस्तरीय सेवाका लागी वडा कार्यालय भवन निर्माणकार्यमा सबैको उत्तिकै भूमिका रहेको बताउँदै घेराबार र वडा सम्म आउने बाटो निर्माणको काम बाँकि रहेको जानकारी दिए । वडा कार्यलय मात्रै नभई आसपासका संरचनाहरुको संरक्षणमा नगरपालिकाको चासो रहेको बताउँदै वडा कार्यालयको आडैमा रहेको गोल्मेश्वर धामको लागि डिपिआर सम्पन्न भइसकेको र खानेपानी ट्याङ्किको संरक्षणमा पनि जोड दिने प्रतिबद्धता जनाए ।

पालिका भित्रका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाका भवनहरू र हरेक वडामा बहु आयामिक सामुदायिक भवनहरू पनि सबैजसो वडामा सम्पन्न हुने चरणमा रहेको साथै बढि महत्त्व रहेका सडकहरूलाई पक्कि बनाउने काम भईरहेको प्रमुख तामाङले जानकारी दिए । साथै फट्टेमा पुल निर्माणका लागि पुल विभागको सहमति कुरीरहेकाले सहमति आउने बित्तिकै काम सुरू हुने उनको भनाई छ ।

वडा कार्यालयका लागि जग्गा दान गर्ने जग्गादाता र निर्माण कम्पनी लगाएत निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुहुँदै वडा अध्यक्ष पासाङ तामाङले निर्वाचित भएको दुई बर्षमा केही कामहरू सम्पन्न भएपनि सडकलाई दिगो र पक्कि बनाउने कामहरू बाँकि रहेको बताए । स्वास्थ्य चौकि भवनको शिलान्यास हुँदै गर्दा वडा कार्यालयको भवन उद्घाटन भएकाले अब स्वास्थ्य चौकिको भवन उद्घाटन गर्दा अर्काे कुनै भवनको शिलान्यास गर्ने तयारी गर्ने उनको भनाई छ ।

२०७९ पौष २५ गते सम्झौता भएको उक्त भवन निर्माणको गेहेन्द्र लक्ष्मी जुगल हिमशिखर जेभि मेलम्ची १० ले २ करोड ५४ लाख ४ सय ४२ रूपैंयामा २०८० चैत ५ गते अर्थात सम्झौता समय भित्रै निर्माण सम्पन्न गरेको सव–ईन्जिनियर सन्तोष थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय