BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नं १० का स्थानियकाे सकृयतामा बुढिचौरकाे डढेलो नियन्त्रणमा आएकाे छ । शुक्रबार साँझ ईन्द्रावती ९ बाट डढेलाे लाग्न शुरू भएकाे थियाे ।

ईन्द्रावती १० का १२ जना स्थानीयको सक्रियतामा शुक्रवार राति ११ बजे आगलागी नियन्त्रणमा आएको स्थानिय मदन कुमार भट्टराईले जानकारी दिए ।

आगो निभाउन १२ जना स्थानियहरू जिवनाथ भट्टराई (क) बर्ष ६४, बाबुराम भट्टराई, शंकर दुलाल, रामशरण भट्टराई, मदन कुमार भट्टराई, प्रकाश दुलाल, सिर्जना भट्टराई, सन्जु भट्टराई, सुरेन्द्र थापा, अमृत भट्टराई र संगम थापा सकृय थिए ।

ईन्द्रावती ९ बाट पछिल्लो १ हप्तामा २ पटक आगोलागी भईसकेको छ । पछिल्लो समय आगलागीका कारण धुवाँ धुलोले वायुमण्डलमा तुवालो बढ्दै गएर गर्मि अत्यधिक हुने, १ किमि सम्मको दृश्य पनि नदेखिने, आंखा पोल्ने जस्ता समस्याहरु आइरहेका छन ।

बुढिचौर मा ९ र १० का ५ वटा सामुदायिक वन उपभोक्ता समिती भएपनी वन समितिको खासै प्रभाव देखिएकाे छैन । वन समितिहरू निस्कृय हुनाले पनि वनमा आगोलागी, काठ चोरी, सिमाना मिचिने जस्ता समस्याहरु बढेको आगोलागि नियन्त्रणमा सकृय स्थानीय शंकर दुलालको भनाई छ ।

वन डढेलाे नियन्त्रणमा स्थानिय सरकार, वन उपभाेक्ता समिति र डिविजन वन कार्यालयकाे उदासिनता देखिएकाे स्थानियले बताए । बन डढेलाे लाग्न नदिन सचेतनाकाे कार्यक्रमका साथै डढेलाे लगाउनेकाे पहिचान गरि कडाईका साथ कारवाहि गर्नुपर्ने स्थानियकाे माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय