BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

शिखरपुर । मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताए । समृद्ध मेलम्ची बनाउनकाे लागि स्वास्थ्य क्षेत्रकाे विकास गर्दै जानुपर्नेमा उनले जाेड दिए । स्वास्थ्य चाैकीकाे लागी अपुग रकम नगरले थपेर सुविधा सम्पन्न भवन निर्माण गरि सेवा प्रवाह गर्ने मेयर तामाङकाे भनाई छ । स्वास्थ्य चाैकीमा ल्यव टेस्ट, बर्थिङ सेन्टर लगाएतकाे सुविधा दिईने नगर प्रमुख तामाङले जानकारी दिए ।

याे स्वास्थ्य चाैकी निर्माण सम्पन्न पश्चात नागरिकलाई ठुलाे राहत मिल्ने वडा अध्यक्ष अमृत खनालले बताए । स्वास्थ्य चाैकी मात्र नभई वडामा भाैतिक संरचना तथा सामाजिक विकासका कामहरू भईरहेकाे वडा अध्यक्ष खनालले जानकारी दिए ।

कुल ३ कराेड १७ लाख ७२ हजार २४३ मा टेन्डर आव्हान भएकाेमा २ कराेड १३ लाख ३९ हजार हजार ९८९ रूपैंयामा ठेक्का लागेकाे हाे । कर्मचारी आवास २ काेठा,  बर्थिङ्ग सेन्टर, ६ काेठा तल्लाे तलामा, सरूवा राेगकाे उपचारका लागि छुट्टै कक्ष, क्लिनिक लगाएतकाे संरचना तयार हुने मेलम्ची नगरपालिकाका सब ईन्जिनियर सन्ताेष थापाले जानकारी दिए ।

रूक्मिनि ईन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि भक्तपुरले २०८० फागुन २८ देखि १८ महिनाकाे अवधिमा भवन निर्माण सम्पन्न गर्ने प्रबन्ध निर्देशक केदार दुलालले बताए । अपांगमैत्री र बालमैत्री भवन सम्झौता अवधिभरमा सम्पन्न गर्ने उनले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा पूर्व वडा अध्यक्ष भक्त बहादुर खड्का, समाजसेवी, राजनीतीक दलका प्रतिनिधि, सञ्चारकर्मी लगाएत स्थानियकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय