BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ । श्री  इन्द्रावती महिला  बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा मेलम्ची नगरपालिकाको सहयोगमा तनाव वयवस्थापन सम्बन्धी दुई दिने तालिम आज  मेलम्चीमा सुरु भएको हो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्य  मा सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख आइतमान तामाङले दुई दिने तनाव व्यवस्थापन तालिममा तालिम प्रशिक्षकले  सहभागीहरुलाई तनाव मुक्त हुन सिकाउने विस्वास लिए ।

त्यसैगरि नगर उप प्रमुख उमा प्रधानले हामीलाई सानो सानो कुराले तनाव दिने र आज भोलि तनाव शब्द सामान्य भएता पनि यसले जटिलता पैदा गरिरहेको बताइन । सहभागी सबैलाई सकारात्मक भै तनाव मुक्त गर्न उनले सुझाव दिइन ।

सहकारीकि अध्यक्ष कल्पना चालिसेको सभाध्यक्षमा सुरु भएको तालिममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, महिला बालबालिका तथा समाबेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल, वडा सदस्य प्रतिमा धिताल,  नगर जेस्ठ नागरिक सन्जाल अध्यक्ष एकादत्त धिताल उपस्थित थिए । दुई  दिने कार्यक्रममा उक्त सहकारीका सदस्य लगायत मेलम्ची नगरपालिका वडा नं ११ का महिलाहरु सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय