BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ । श्री  इन्द्रावती महिला  बचत तथा ऋण सहकारी संस्था लिमिटेड को आयोजनामा मेलम्ची नगरपालिकाको सहयोगमा तनाव वयवस्थापन सम्बन्धी दुई दिने तालिम आज  मेलम्चीमा सुरु भएको हो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्य  मा सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख आइतमान तामाङले दुई दिने तनाव व्यवस्थापन तालिममा तालिम प्रशिक्षकले  सहभागीहरुलाई तनाव मुक्त हुन सिकाउने विस्वास लिए ।

त्यसैगरि नगर उप प्रमुख उमा प्रधानले हामीलाई सानो सानो कुराले तनाव दिने र आज भोलि तनाव शब्द सामान्य भएता पनि यसले जटिलता पैदा गरिरहेको बताइन । सहभागी सबैलाई सकारात्मक भै तनाव मुक्त गर्न उनले सुझाव दिइन ।

सहकारीकि अध्यक्ष कल्पना चालिसेको सभाध्यक्षमा सुरु भएको तालिममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराई, महिला बालबालिका तथा समाबेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल, वडा सदस्य प्रतिमा धिताल,  नगर जेस्ठ नागरिक सन्जाल अध्यक्ष एकादत्त धिताल उपस्थित थिए । दुई  दिने कार्यक्रममा उक्त सहकारीका सदस्य लगायत मेलम्ची नगरपालिका वडा नं ११ का महिलाहरु सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय