BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको सुरुवात गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री थापाले बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका प्रादेशिक अस्पतालहरूको स्तरोन्नति तथा सेवा विस्तारको लागि काम गरिरहेको जानकारी दिए । गुणस्तरीय सेवा र नागरिकको स्वास्थ्यसँग जोडिएका विषयमा बढी सजग र सचेत रहेको उनको भनाइ छ ।

जिल्लामा रहेका स्थानीय तहहरूसँग जिल्ला अस्पताल को सेवा प्रवाह कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरी अघि बढ्न जरुरी रहेको उनको धारणा थियो । साथै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालसँग जोडेर अगाडि बढाउन सकेको खण्डमा यहाँ विशेषज्ञ सेवालाई बागमती प्रदेश सरकारले अझ सेवा विस्तार गर्न सजिलो हुने उनले बताए ।

कार्यक्रमका विशेष अतिथि पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले चौतारा अस्पताल आफ्नो सेवा क्षेत्रभित्र उत्कृष्ट अस्पतालको रूपमा निरन्तरता दिँदै अघि बढ्न सकोस् भनी शुभकामना दिँदै यस अस्पताललाई गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा कसरी विकास गरेर अघि लैजान सकिन्छ भन्ने सामूहिक प्रयत्नका माध्यमबाट भनेर सोच्न जरुरी रहेको बताएका छन ।

कार्यक्रममा आफ्नो भनाई राख्दै चौतारासाँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले अस्पतालमा अहिले ब्लड बैंकको आवश्यकता रहेको र त्यसका लागि नगरपालिकाले जिम्मेवारी लिने र कर्मचारीको व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल प्रदेश सभा सदस्य माइली तामाङ, अमृता नेपाल, चौतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झक्कनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसै अवसरमा भर्खरै निर्वाचित जिल्ला पत्रकार महासंघका पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय