BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका ४ थाङपालकोटमा दोस्रो रामबहादुर तामाङ स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

न्यु जेनेरेसन थाङपालकोट क्लबको आयोजनामा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ का स्वर्गिय पूर्व वडाअध्यक्ष राम बहादुर तामाङको सम्झनामा फुटबल प्रतियोगिता हुँदै आएको छ । पेमाथाङ समानता खेल मैदान थाङ्गपालकोटमा आउँदो माघ १५ देखी १९ गते सम्म हुने प्रतियोगितामा विजेता हुने टिमले रु १ लाख, शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् । उपविजेता टिमले रू. ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने क्लबका पुर्व संयोजक तथा खेलाडी आकाश लामाले जानकारी दिए ।

प्रतियोगिताको गाँउपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा भाग लिन इच्छुकले टिमले माघ १४ सम्म टिम दर्ता गर्न सकिने लामाले जानकारी दिए । गत बर्ष बरुवा युवा क्लवले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय