BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

भिमटार । समाजसेवी तथा शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले ईन्द्रावती गाउँपालिका भित्र गरेकाे शैक्षिक अभियानले ईन्द्रावती गाउँपालिकाकाे शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्ने ईन्द्रावती १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले बताएका छन ।

शाेमवार ईन्द्रावती १२ काे ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम लाई सम्बाेधन गर्दै वडा अध्यक्ष दनुवारले ईन्द्रावती गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा न्यानाे कपडा वितरण गर्न लागेकाे थाहा पाउँदा हर्षित भएकाे बताएका छन ।

इन्द्रावती गाउँपालिकाको सूचना

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दनुवारले आफूले जितेर आएपश्चात शिक्षामा आमूल परिवर्तन भइहालोस् भन्ने अपेक्षा रहेको र नतिजा आउँदा निराश भएको सुनाए । ‘शैक्षिक अभियन्ता गिरीले गरेको शैक्षिक अभियानले इन्द्रावतीकाे शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्छ’, उनले भने । वडाध्यक्ष दनुवारले वडाको शैक्षिक गुणस्तर सुधारको लागि वडा तथा पालिका तहबाट आफूले सक्दो काम गरिरहेको पनि जानकारी दिए ।

साे अवसरमा २३० शिक्षक विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा दुई विद्यालयलाई एक एक वटा वाटर डिस्पेन्सर प्रदान गरिएकाे थियाे । गिरिले हालसम्म २३ वटा विद्यालयका ४८०० भन्दा माथि विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानाे कपडा वितरण गरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय