BREAKING
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश | सिन्धुपाल्चाेकमा स्वास्थ्य कार्यक्रम समीक्षाः पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो | सरस्वती माध्यमिक विद्यालय हेलम्बु–४मा बाल सुरक्षा तथा मानव बेचबिखन विरुद्धको सचेतना कार्यक्रम सम्पन्न | एमाले पाँचपोखरी अध्यक्षमा दोकदोक तामाङ | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | | इस्लामावादको अदालत बाहिर आत्मघाती विस्फोट, १२ को मृत्यु | मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न | पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास सफल | मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरण रोकिने |

भिमटार । समाजसेवी तथा शैक्षिक अभियन्ता माेहन बहादुर गिरिले ईन्द्रावती गाउँपालिका भित्र गरेकाे शैक्षिक अभियानले ईन्द्रावती गाउँपालिकाकाे शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्ने ईन्द्रावती १२ का अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले बताएका छन ।

शाेमवार ईन्द्रावती १२ काे ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम लाई सम्बाेधन गर्दै वडा अध्यक्ष दनुवारले ईन्द्रावती गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा न्यानाे कपडा वितरण गर्न लागेकाे थाहा पाउँदा हर्षित भएकाे बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दनुवारले आफूले जितेर आएपश्चात शिक्षामा आमूल परिवर्तन भइहालोस् भन्ने अपेक्षा रहेको र नतिजा आउँदा निराश भएको सुनाए । ‘शैक्षिक अभियन्ता गिरीले गरेको शैक्षिक अभियानले इन्द्रावतीकाे शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्छ’, उनले भने । वडाध्यक्ष दनुवारले वडाको शैक्षिक गुणस्तर सुधारको लागि वडा तथा पालिका तहबाट आफूले सक्दो काम गरिरहेको पनि जानकारी दिए ।

साे अवसरमा २३० शिक्षक विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा दुई विद्यालयलाई एक एक वटा वाटर डिस्पेन्सर प्रदान गरिएकाे थियाे । गिरिले हालसम्म २३ वटा विद्यालयका ४८०० भन्दा माथि विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानाे कपडा वितरण गरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय