BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

काठमाण्डाै । ईन्द्रावती गाउँपालिका वडा नं ६ सिपा बसन्तपुर, सिन्धुपाल्चाेकमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ । श्री गाैखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभाेक्ता समितिकाे आयाेजनामा यहि पुस १६ देखि २२ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेकाे हाे । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

वुधवार पत्रकार र समिति बिच काठमाण्डाैमा छलफल गरि सप्ताह गर्नुकाे उद्देश्य र कार्ययाेजनाकाे बारेमा जानकारी दिइएकाे छ । गाैखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा १०८ गाेमुखे ढुङ्गेधारा ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तिर्थ निर्माण गर्ने डी. पी. आर. तयार भईसकेकाे र त्यस कार्यलाई पुर्णता दिन श्रीमद्भागवत महायज्ञकाे आयाेजना गरिएकाे समितिका बरिष्ठ उपाध्यक्ष देव कुमार काेईरालाले जानकारी दिए ।

श्रद्वालुबाट आएकाे दान दातव्यकाे सदुपयाेग गर्दै अक्षयकाेष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिकाे उदेश्य रहेकाे छ । यश स्थानलाई पितृ तीर्थकाे रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएकाे छ । मन्दिरलाई नै समितिकाे रूपमा दर्ता गरि सप्ताहकाे चरणमा प्रवेश गरेकाे समितिले जनाएकाे छ ।

गाईकाे खुट्टाकाे डाम ढुङ्गाेमा प्राकृतिक रूपमा स्पष्ट देखिएकाेले त्यस ठाउँमा भगवान श्री महादेवकाे बास भएकाे जनविश्वास रहेकाे छ । गाईकाे खुर रहेकाले गैखुरेश्वर नामाकरण गरिएकाे समितिका अध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिए । गाैखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर संधैभरी पानीकाे मुल फुटेकाे हुँदा गड्गडेधाम नामाकरण गरिएकाे आचार्यले बताए । यश धाममा मुक्तिनाथकाे झझल्काे आएकाे स्थानिय अग्रजहरू बताउँछन ।

यस्तै आयाेजक समितिका उपाध्यक्ष डा. उत्तम उपाध्याय न्याैपानेले स्थानकाे परिचय दिने, धर्म संस्कृतिकाे जगेर्ना गर्ने र अक्षयकाेषकाे स्थापना गर्नु सप्ताह आयाेजना गर्नुकाे मुल उदेश्य रहेकाे जानकारी दिए । ‘त्यहि स्थानलाई केही सुधार गर्नुपर्छ भनेर याे कामकाे थालनी गरिएकाे हाे’, न्याैपानेले भने ।

छलफलमा पण्डित आचार्य नारायण प्रसाद काेईरालाले विधि र प्रक्रियाकाे बारेमा अवगत गराए । गाैखुरेश्वर फलाँटेश्वर महादेव धाममा बर्षभरि विभिन्न समयमा मेला लाग्ने गर्दछ । जनै पूर्णिमा तथा बालाचतुर्दशीमा सम्पुर्ण जातजातीले राती जाग्राम बसेर आफ्ना पितृहरूकाे सम्झनामा दिप प्रज्वलन गरेर शतवीज छर्ने गरेका छन । श्रावण महिनाकाे शाेमवार सबै नारीहरूले शिवजीकाे व्रत, उपबास, पुजा अर्चना गर्ने गरेका छन ।

श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञमा पुस १६ गते बिहान ७ बजे कलशयात्रा, प्रत्येक दिन बिहान ६:३० देखि १०:३० सम्म पाठ पारायण, बिहान ७:३० बजेदेखि हवन, १०:३० देखि ४:३० सम्म कथावाचन र प्रत्येक दिन बेलुका भजन कीर्तन हुने समितिले जनाएकाे छ । साथै दातालाई सम्मान समेत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय