BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । नेपाल सरकारका पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले जलवायु सम्मेलन निरन्तर गर्न जरूरी रहेकाे बताएका छन ।

मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन २०८१ मा शुभकामना मन्तव्य राख्दै पुर्वमन्त्री तामाङले जलवायु सम्मेलनकाे आयाेजना गरेकाेमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिए ।

“याे सम्मेलन निरन्तर गर्न जरूरी छ, मेलम्ची नगरपालिकालाई धन्यवाद”, उनले भने । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएर मेलम्चीमा बाढी आएकाे तामाङकाे भनाई छ । बिकसित मुलुकले काेईला बालेर कार्वन उत्सर्जन भई वायु प्रदुषण हुन पुगेकाे भन्दै यसले आम मानिसकाे दैनिकिलाई प्रभाव पारेकाे पुर्वमन्त्री तामाङले बताए ।

“हाम्रै हिमाल देखाएर अरूले पैसा कमाएका छन हामीले यहाँ बाट धेरै पर्यटक लाई आकर्षित गर्न सकिन्छ”, तामाङले भने । गुफाडाँडामा पर्यटक भित्राउन पक्कि सडक बनाउनुपर्ने उनले बताए । “मेलम्ची बाट ज्यामिरे हुँदै गुफा जाने बाटाे प्रदेश सरकारले बनाउनुपर्छ, याे बाटाे कालाेपत्रे गर्न जरूरी छ”, उनले भने ।

साे अवसरमा उनले गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउँन प्रस्ताव गरे । यहाँ चिया बगान बनाउन सकेमा ईलाम जाने व्यक्तिलाई यश ठाउँमा आकर्षित गर्न सकिने उनकाे भनाई छ । “याे ठाउँ साँच्चै सुन्दर छ”, तामाङले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय