BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

चाैतारा । लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्नु अनिवार्य भइसकेकाे चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले बताएकी छन ।

लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्ने महत्वपुर्ण अभियानमा धेरै पुरुषलाई सहभागी गराउने कोसिस गरिएको उपप्रमुख थापाकाे भनाई थियाे ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग, नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै थापाले लैङ्गिक हिंसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताइन ।

नगर उपप्रमुख  सीता थापाको प्रमुख आतिथ्यता, वडा नम्बर –५ का वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा, नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षता र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणमा कार्यक्रम भएको हो ।

चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे १, २, ३, ५, ९ र १० वडाहरुमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय