BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

चाैतारा । लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्नु अनिवार्य भइसकेकाे चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले बताएकी छन ।

लैङ्गिक हिंसा महिला हिंसा मात्र हैन भन्ने बुझाईको विकास गर्ने महत्वपुर्ण अभियानमा धेरै पुरुषलाई सहभागी गराउने कोसिस गरिएको उपप्रमुख थापाकाे भनाई थियाे ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग, नगर स्तरीय महिला सञ्जालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –५ चौतारा बागबजारमा लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरूष सहभागिता बिषयक अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै थापाले लैङ्गिक हिंसामा पुरुष, महिला, जेष्ठ नागरिक वा वालबालिका जो कोहि पनि पर्नु हुदैन भन्ने कार्यक्रमको उदेश्य रहेको उपप्रमुख थापाले बताइन ।

नगर उपप्रमुख  सीता थापाको प्रमुख आतिथ्यता, वडा नम्बर –५ का वडा अध्यक्ष शिव श्रेष्ठको विशेष आतिथ्यतामा, नगर महिला सञ्जालका अध्यक्ष जानुका पराजुलीको सभाध्यक्षता र अधिबक्ता चन्द्रकुमार बस्नेतको सहजीकरणमा कार्यक्रम भएको हो ।

चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे १, २, ३, ५, ९ र १० वडाहरुमा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय