BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

 मेलम्ची युवा समूहकाे अनुराेधमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले डस्टबिन सहयाेग गरेकाे छ। कम्पनीले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत केही थान फाेहाेर फाल्ने डस्टबिन सहयाेग गरेकाे हाे ।
लामाे समयदेखि बजारमा विभिन्न सफाई अभियान चलाउँदै आएकाे मेलम्ची युवा समूहले ती डस्टबिनहरु स्थानीयवासीकाे समझदारीमा जनप्रतिनिधि र नगर उद्याेगसहितकाे सहभागितामा शनिबार बजार क्षेत्रका विभिन्न भागमा राखेकाे छ। संख्यामा थाेरै भए पनि याे सहयाेगले अरु दाताहरुलाई पनि सहयाेगकाे भावना विकसित गराउने मेलम्ची युवा समूहले अपेक्षा गरेकाे छ ।
यस समूहले नगरमा खुलेका र संचालनमा रहेका उद्याेग र कारखानाहरुले सहयाेग गर्ने हाे भने शहरलाई सफा राख्न सहयाेग पुग्ने जनाएकाे छ । अहिलेसम्म ती उद्याेगहरुले कुनै सहयाेग नगरे पनि वर्ल्डलिंकले सहयाेग गरेकाे भन्दै दाता कम्पनीलाई धन्यवाद दिएकाे छ।

इन्द्रावती गाउँपालिकाको सूचना

अहिले पाइएकाे डस्टबिनहरुकाे संरक्षण र सदुपयाेगका लागि समूहले सर्वसाधारणलाई अनुराेध पनि गरेकाे छ । जन सराेकारका विषयलाई स्थानीय तहले पनि चासाे राख्नु पर्नेमा जाेड दिँदै समूहले सहयाेगका लागि ध्यानाकर्षण गराएकाे छ । युवा समुहले पाएको डस्टविन बजारका विभिन्न स्थानमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय