BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

नेकपा सिन्धुपाल्चोक–१ बाट सापकोटा र २ बाट दुलाल एकल सिफारिस
१० पुस, सिन्धुपाल्चोक ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ बाट उम्मेदवार सिफारिस गरेको छ।
पार्टीको आज मेलम्चीमा बसेको क्षेत्र नम्बर २ को क्षेत्रीय समिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवराज दुलाल ‘सरद’को एकल नाम सिफारिस गरेको हो। दुलाल हाल बागमती प्रदेश सभा सदस्यसमेत रहनुभएको छ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ भगवती नेपाल, बलराम बी.के., रामलाल बी.के., वीरबहादुर तामाङ, लोकमान तामाङ, कमल माझी, पेमा ह्योल्मो र बलराम सुनारलाई सिफारिस गरिएको छ।
उता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट भने माधव सापकोटा ‘सुबोध’लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। आज खाडिचौरमा सम्पन्न क्षेत्र नम्बर १ को भेलाले सापकोटाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय