BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

नेकपा सिन्धुपाल्चोक–१ बाट सापकोटा र २ बाट दुलाल एकल सिफारिस
१० पुस, सिन्धुपाल्चोक ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ बाट उम्मेदवार सिफारिस गरेको छ।
पार्टीको आज मेलम्चीमा बसेको क्षेत्र नम्बर २ को क्षेत्रीय समिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवराज दुलाल ‘सरद’को एकल नाम सिफारिस गरेको हो। दुलाल हाल बागमती प्रदेश सभा सदस्यसमेत रहनुभएको छ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ भगवती नेपाल, बलराम बी.के., रामलाल बी.के., वीरबहादुर तामाङ, लोकमान तामाङ, कमल माझी, पेमा ह्योल्मो र बलराम सुनारलाई सिफारिस गरिएको छ।
उता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट भने माधव सापकोटा ‘सुबोध’लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। आज खाडिचौरमा सम्पन्न क्षेत्र नम्बर १ को भेलाले सापकोटाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय