BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा नातिकाजी सापकोटा निर्वाचित हुनुभएको छ । सोमबार तिपेनीमा सम्पन्न पालिका अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष भीमबहादुर गुरुङ चित्रले अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा नेत्री केन्द्रिय संगठन प्रशिक्षण बिभाग उप सयोजक खुश्बु ओलि, प्रदेशसभा सदस्य एवम् राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ की क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, केन्द्रिय सदस्य उदय सापकोटा लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले राप्रपालाई अझ सशक्त र जनमुखी बनाउँदै लैजान नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।  राप्रपा नै जनताको चाहना र अपेक्षा पूरा गर्न सक्षम राजनीतिक शक्ति भएको नेताहरुले दावि गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय