BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा नातिकाजी सापकोटा निर्वाचित हुनुभएको छ । सोमबार तिपेनीमा सम्पन्न पालिका अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष भीमबहादुर गुरुङ चित्रले अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।

इन्द्रावती गाउँपालिकाको सन्देश

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा नेत्री केन्द्रिय संगठन प्रशिक्षण बिभाग उप सयोजक खुश्बु ओलि, प्रदेशसभा सदस्य एवम् राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ की क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, केन्द्रिय सदस्य उदय सापकोटा लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले राप्रपालाई अझ सशक्त र जनमुखी बनाउँदै लैजान नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।  राप्रपा नै जनताको चाहना र अपेक्षा पूरा गर्न सक्षम राजनीतिक शक्ति भएको नेताहरुले दावि गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय