BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो भगवान् गौतम बुद्धको प्रतिमा निर्माण कार्यमा स्थानीय सफल व्यवसायी तथा सामाजिक अभियन्ता सुरेन्द्र सुनारले उल्लेखनीय सहयोग गर्नुभएको छ।
“गाउँपालिकाको गौरवको योजना हामी सबै मिलेर समयमै सम्पन्न गरौँ” भन्ने सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावनाका साथ भोटेनाम्लाङ निवासी सुनारले रु. २० हजार पाँच सय रुपैयाँ (२०,५००/-) आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।


गाउँपालिकाको पहिचान, धार्मिक पर्यटन प्रवर्द्धन तथा सामाजिक एकताको प्रतीकका रूपमा हेरिएको यस बुद्ध प्रतिमा निर्माणमा स्थानीय दाताहरूको सक्रिय सहभागिताले कार्यलाई थप गति दिएको स्थानीयवासीहरूले बताएका छन् । यस किसिमको सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै आगामी दिनमा अझ व्यापक सहयोग जुट्ने विश्वास लिइएको छ।
उक्त महान् पुण्यकार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सुनार प्रति आयोजक तथा स्थानियले हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय