BREAKING
मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड |

सिन्धुपाल्चोकहेलम्बु गाउँपालिकाआन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच स्थानीय स्तरमै कर सेवा उपलब्ध गराउने लक्ष्यसहित सोमबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माले जानकारी दिएअनुसार अब प्यान दर्ता, कर चुक्ता तथा करसम्बन्धी सिफारिसजस्ता सेवा गाउँपालिकाबाटै प्राप्त गर्न सकिनेछ। यसले सेवाग्राहीलाई टाढा धाएर सेवा लिनुपर्ने समस्या घटाउने अपेक्षा गरिएको छ।

सम्झौतापछि करसम्बन्धी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता हट्ने बताइएको छ। कार्यक्रमका क्रममा प्रमुख कर अधिकृत अनमोलकुमार दाहालले स्थानीय तहबाट सेवा विस्तारले कर प्रणालीलाई अझ सहज बनाउने बताए।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तानले सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै नागरिकलाई छिटो सेवा दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वडाध्यक्ष दावा ग्याल्जेन लामा लगायत जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय