BREAKING
मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड |

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपालमा सञ्चालित टेलिकम कम्पनीहरूको मोबाइल डाटा सेवाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले नेपाल टेलिकम NTC र Ncell जस्ता कम्पनीहरूले प्रदान गर्ने सेवा प्रभावकारी नभएको उल्लेख गर्नुभएको हो।

अध्यक्ष शेर्पाका अनुसार प्रयोगकर्ताहरूले आफ्नै पैसाले डाटा प्याक खरिद गरे पनि धेरै स्थानमा नेटवर्क कमजोर हुँदा इन्टरनेट सेवा प्रयोग गर्न नसकिने अवस्था रहेको छ। सेवा प्रयोग गर्न नपाउँदा पनि डाटाको समय स्वतः सकिनु उपभोक्तामाथि अन्याय भएको  औँल्याउनुभयो ।

त्यसैगरी, डाटा सकिने बित्तिकै प्रयोगकर्तालाई स्पष्ट जानकारी नदिई मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याले थप चिन्ता बढाएको अध्यक्ष शेर्पाको भनाइ छ। यसले गर्दा केही मिनेटमै मोबाइलमा रहेको सम्पूर्ण रकम सकिने अवस्था सिर्जना हुने गरेको उहाँले उल्लेख गर्नुभएको छ।

मोबाइलमा नेटवर्क नलाग्नु वा सेवा कमजोर हुनु प्रयोगकर्ताको गल्ती नभएको स्पष्ट पार्दै उहाँले सेवा उपलब्ध गराउन नसकेको अवस्थामा डाटा expire हुनु अनुचित भएको धारणा राख्नुभयो । साथै, प्रयोग गर्न नसकेको बाँकी डाटालाई अर्को दिनसम्म प्रयोग गर्न मिल्ने “डेटा रोलओभर” व्यवस्था लागू गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

यस विषयमा सम्बन्धित निकाय, टेलिकम कम्पनीहरू तथा मिडियाले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा शेर्पाले जोड दिनुभएको छ। साथै, उपभोक्ताको पैसा नेटवर्क समस्याका कारण खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय