पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा कोलिशन फर रिसर्च ट्रेनिङ एण्ड डेभलपमेन्टको प्राविधिक सहयोगमा शिक्षक लक्षित तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा गाउँपालिका भित्रका विभिन्न विद्यालयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वरिष्ठ मनोविद् राजन अधिकारीले गर्नुभएको थियो । उहाँले शिक्षकहरूलाई व्यवहारिक सीप, मनोसामाजिक पक्ष र शिक्षण विधिलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सहभागी निर्मला धितालले तालिम अत्यन्तै उपयोगी र फलदायी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले तालिमले शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गरेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा टेवा पु¥याउने बताउनुभयो । उहाँले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान दिन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा गाउँपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

