BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

मेलम्ची । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल, सिन्धुपाल्चोकले मेलम्ची नगरपालिका भित्रका विद्यालयमा कार्यरत सामाजिक विषय शिक्षकहरुको एक दिने क्षमता विकास कार्यशाला भेला मेलम्ची नगरपालिकाको सहयोगमा सम्पन्न गरेको छ ।

आधारभूत तथा माध्यमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम प्रबोधिकरण, आन्तरिक मूल्याङ्कन प्रक्रिया एवं साधन, सैद्धान्तिक मूल्याङ्कनका लागि प्रश्नपत्र निर्माण लगायतका विषयमा समाजका केन्द्रिय महासचिब ज्ञानबहादुर अधिकारीको सहजीकरणका शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । आधारभूत तथा माध्यमिक तहमा कार्यरत करिव ३५ जना शिक्षकहरुको सहभागितामा कार्यक्रम भएकाे हाे ।

इन्द्रावती गाउँपालिकाको सूचना

कार्यक्रममा पालिकाभित्रका विद्यालयहरुमा आन्तरिक मूल्याङ्कनका सम्बन्धमा भइरहेका अभ्यास र चुनौतीहरुकोहरुको आदानप्रदान गरिनुका साथै मूल्याङ्कनमा एकरुपताका निम्ति प्रतिवद्धता गरिएको छ ।

पाठ्यक्रममा परिवर्तन भएपनि त्यस अनुसार शिक्षकको तहसम्म पर्याप्त प्रबोधिकरण हुन नसक्दा पाठ्यक्रमको मर्म अनुसार सिकाइ सहजीकरण र मूल्याङ्कन प्रक्रियालाई एकरुपता ल्याउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा शिक्षकहरुकै अग्रसरतामा आपसमा अनुभव र अभ्यासहरुको आदानप्रदान गर्ने गरी विषयगत विज्ञहरुको सहजीकरणमा निरन्तर यस्ता कार्यक्रम गर्दै जाने योजना रहेको समाजका सदस्य एवं तेर्से मा.वि.का सामाजिक शिक्षक कृष्ण ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय