BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

मेलम्ची — ज्यामिरे— गुफाडाँडा —पर्यटन मार्ग स्तरोन्नतिको शिलान्यास गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्ग अन्तर्गत मेलम्ची १० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन ।

मेलम्ची नगरपालिकाको २ करोड ५९ लाख रुपैयाँको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीेले सडक कालो पत्रे, ढलान लगायतको काम गर्न लागेको हो । जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेट बाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगर प्रमुख तामाङले बताए ।

इन्द्रावती गाउँपालिकाको सूचना

संघ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न संघ तथा प्रदेश सरकारका प्रतिनिधिलाई तामाङले आग्रह गरे । सडक निर्माणको क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशन समेत दिए ।

वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले क्रमसः गुफाडांडा सम्म सडक कालोपत्रे तथा ढलान गरिने जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा नं. ९ र १० का वडाअध्यक्षहरु किरणदिप खड्का र अमृत खनाल तथा वडा नं. १० का पूर्व वडाअध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय