मेलम्ची । नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिका कार्यसमिती गठन भएको छ । नेपाल तामाङ घेदुङ जिल्लाको निर्देशन अनुसार बुधवार थुप्तेन ग्याल्बो लामाको प्रमुख अतिथ्यतामा उक्त कार्यसमिती गठन हेलम्बुमा सम्पन्न भएको हो ।
नेपाल तामाङ घेदुङ हेलम्बु गाउँपालिकाको अध्यक्षमा सुनिल दोङ तामाङ सर्वसम्मतिले चयन भएका छन भने सचिवमा मान बाहादुर तामाङ, कोषाध्यक्षमा आइती तामाङ चयन भएको मेलम्ची नगर समिती अध्यक्ष ओम वाइबाले जानकारी दिए ।
इन्द्रावती गाउँपालिकाको सूचना


साथै नेपाल तामाङ धेदुङ मेलम्ची नगर समिती गठन गरिएको छ । नेपाल तामाङ धेदुङ जिल्लाको निर्देशन अनुसार आज मेलम्ची नगर पालिकामा सिन्धुपाल्चोक जिल्ला नेपाल तामाङ धेदुङ का उपाध्यक्ष थुप्तेन ग्याल्बो तामाङ्को अथित्यतामा भेला गरिएको हो । नगर भेलाबाट अध्यक्ष ओम वाइबा तामाङ, उपाध्यक्ष सोम तामाङ, उपाध्यक्ष विशाल तामाङ, कोषाध्यक्ष पुजा तामाङ, सचीव बिकास तामाङ थीङ्ग, सहसचिव कविता तामाङ लगायत चयन भएको ओम वाइबाले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा सुरेश तामाङ, रिकेस वाइबा, सोम तामाङ, प्रबिन तामाङ चयन भएका छन् । अन्य सदस्य पछि थपिने बताइएको छ ।
