सिन्धुपाल्चाेक । बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङले इन्द्रावती गाउँपालिकामा ८१/८२ मा विशेष बजेट विनियाेजन गर्न पहल गर्ने बताएका छन ।
इन्द्रावती सृजनशिल युवा समाजद्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढीचौर कप फुटबल प्रतियोगिता २०८० को उद्वाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ८१/८२ मा इन्द्रावतीमा युवाहरू लक्षित बजेट विनियाेजन गर्ने बताएका छन ।
इन्द्रावती गाउँपालिकाको सूचना


कार्यक्रममा मायाँकाे चिनाे ग्रहण गर्दै तामाङले भने ‘८१ मा बजेट सहितकाे मायाँकाे चिनाे पठाउँछु’ । यस क्षेत्रकाे बिकासकाे लागि सकेकाे सहयाेग गर्ने उनले प्रतिवद्वता ब्यक्त गरे । ८०/८१ काे बजेटमा खानेपानी सिँचाई र विद्यालय सुधारकाे याेजना यस क्षेत्रमा ल्याएकाे तामाङले जानकारी दिए ।
‘युवाले चाहे गाउँकाे मुहार फेर्न सक्छ, देशकाे मुहार फेर्न सक्छ । युवाहरू एक ढिक्का हुन पर्दछ । त्यसाे हुँदा चाहेकाे परिवर्तन हुन सक्छ’, तामाङले भने । राजनीतिमा युवाले थाेरै मात्र अवसर पाएकाे बताउँदै उनले युवाहरूलाई यहाँकाे शिक्षा, स्वास्थ्य र सिँचाइ लगायतकाे समस्या समाधान गर्न पनि राजनीतिमा आउन जरूरी रहेकाे बताए ।
परिवर्तन ल्याउन युवा एक ढिक्का हुन सुझाव दिँदै सांसद तामाङले राजनीतिमा युवा आएमा मात्र देश र समाजकाे विकास हुने धारणा राखे ।
