BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चोक । १३ बर्ष भन्दा लामो समय देखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु भएको छ । २०६७ सालदेखी निर्माण कार्य बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएकोे थियो ।

नेशनल हाइड्रोले बत्ति उत्पादन पश्चात सरकारलाई ६२ करोड रुपैँया तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तिन किलोमिटर सुरुङ मध्ये दुइ हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

२०८२ साल भित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष लिएर आज एक औपचारीक कार्यक्रमको आयोजना गरी सुरुङमा बिस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुवात गरीएको नेशनल हाइड्रो पावर कंम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निर्माणका लागि स्थानीय तहले गर्नु पर्ने आवश्यक सहयोगको लागि सधै तत्पर रहेको बताउँदै सहज ढङगले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए । यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जिवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपुर्ण भुमिका खेल्ने र राेजगारीको समेत अवसर सिर्जना हुँदा युवाहरु विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताइन ।

आयोजनाबाट मेलम्ची नगरपालिकाको ७, ८, ९, १० र ११ नम्बर वडा प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ । जलबिद्युत आयोजना निर्माणको लागि प्रति मेगावाट २५ करोड खर्च अनुमान गरेको कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङन गरी सार्वजनिक सुनुवाई कार्यक्रम समेत यसअघि नै सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय