BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

थाङ्पालधाप । नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते बुधबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाक‍ो प्रशासनिक भवन उद्घाटन गर्ने भएका छन ।

भवन उद्घाटन कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका बासीहरू लगायत सम्पुर्णमा उपस्थितीको लागि गाउँपालिकाले निमन्त्रणा गरेकाे छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

भवन उद्घाटन गर्न आउन लागेका ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने भएका छन् ।

ओली बुधबार हेलिकप्टरबाट श्रीमती राधिका शाक्य सहित काठमाडौंबाट सिधै पाँचपोखरी कुण्डमा जाने र त्यहाँ केही समय बसेर बिहान ११ बजे गाउँपालीकाको भवन रहेको स्थान थाङ्पालमा आएर भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका मुकुन्द पाण्डेले बताए ।

समुन्द्री सतहबाट करीब ४२ सय मिटर उचाइमा रहेको सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।

पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँचपोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय