सिन्धुपाल्चाेककाे पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनकाे पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन ।

इन्द्रावती गाउँपालिकाको सूचना


बुधवार एक कार्यक्रमका बिच ओलीकाे प्रमुख आतिथ्यतामा साे भवनकाे उद्घाटन भएकाे हाे । ११ कराेड ९४ लाख ३ हजार १ सय ६१ रूपैंया ६४ पैसामा उक्त भवनकाे निर्माण भएकाे हाे ।
गाउँपालिकाे भवन निर्माणकाे लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकबाट २ कराेड ३७ लाख ६० हजार ३ सय ७, संघीय समपुरक अनुदान ३ कराेड ८४ लाख र पाँचपाेखरी थाङपाल गाउँपालिकाबाट ४ कराेड ८७ लाख ८२ हजार ८ सय ५४ रूपैया ६४ पैसा छुट्याइएकाे थियाे ।

२०७५ सालबाट निर्माण थालिएकाे वडा नम्बर ६ मा पर्ने उक्त भवन भित्र पाँचपाेखरी चमेना गृह, पाँचपाेखरी पुस्तकालय, पाँचपाेखरी सङ्ग्रहालय, कार्यपालिका भवन, प्रशासनीक भवन, पाँचपाेखरी सभा हल, सार्वजनिक साैचालय लगायत छन । भवन बनाउनकाे लागि स्थानीयले ४५ राेपनी जग्गा दान गरेका थिए ।

