BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयाेग गरेका छन । उनिहरूबाट संकलित ७० हजार रूपैयाँ बुधवार पिडित परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।

शुक्रवार विहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण गजुरेलकाे आवास भवन, कुखुराको टहरा लगाएत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत आगलागीमा परेर भएको क्षति प्रति इन्द्रावती –४ का युवा व्यवसायीहरुले दःख ब्यक्त गरेका छन ।

व्यवसायी माथी परेकाे दु:खमा मलम पट्टि लगाउने उद्देश्यले सहयाेग संकलन गरिएकाे अरूण माेटरसाइकल वर्कशपका प्राेपाइटर युवा व्यवसायी अरूण लामाले जानकारी दिए । आगलागी पश्चात् इन्द्रावती ४ का युवाहरू एकजुट भएर सहयाेग गर्ने निर्णय गरेकाे लामाले बताए ।

समुदायमा बसेपछि एकले अर्कालाई सहयाेग गर्न आवस्यक भएकाे विवेक नुडल्सका प्राेपाइटर कृष्ण बहादुर तामाङले बताए । समुदायमा पर्ने यस्ताे विपदमा आफु सदैव सहयाेग गर्न तयार रहेकाे उनकाे भनाई छ ।

दु:ख परेकाे बेला सबैले एकले अर्कालाई सहयाेग गर्नपर्ने व्यवसायी शिव सापकाेटाले बताए । ‘दु:ख पिडामा हामी पार्टी नभनी एक हुनपर्छ’, उनले भने । ‘दुख सबैलाइ पर्छ, नआतिनुस हामी छाैँ’, सापकाेटाले थपे ।

सहयाेग रकम बुझ्दै पिडित रामकृष्ण गजुरेलले दु:ख पर्दा युवाहरूकाे साथ सहयाेग पाएकाेमा खुसी ब्यक्त गरे । सबैकाे साथ सहयाेगकाे कारण पुरानै लयमा फर्किएर ब्यवसाय गर्ने हाैषला थपिँदै गएकाे उनले बताए ।

सहयाेग गर्नेहरू र सहयाेग रकम

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय