BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडा नम्बर १२ मा रहेको श्री शिवशंकरेश्वर आधारभूत विद्यालयमा ट्रयाक सुट, टिसर्ट, टाइबेल्ट, जुत्ता मोजा वितरण गरिएको छ । आज वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

खर्चको बचत गरी विद्यालयमा न्यानो कपडा वितरण गर्नुले विद्यालयलाई राहत मिलेको वडा अध्यक्ष गणेश बहादुर तामाङले बताए । चिसोबाट विद्यार्थीकाे पठनपाठनमा परेकाे असरलाई यसले न्युनिकरण गर्ने तामाङले बताए ।

इन्द्रावती गाउँपालिकाको सूचना

सो विद्यालयका भूतपूर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयलाई न्यानो कपडा तथा जुत्ता सहयोग गरिएको हो । अध्ययनको शिलशिलामा हाल कोरीया तथा अन्य देशमा रहेकाहरुको सहयोगमा विद्यालयलाई सहयोग गरिएको पूर्व विद्यार्थी सञ्जीव खतिवडाले जानकारी दिए । आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा विद्यालय जाने बालबालिकालाई न्यानो कपडा सहयोग गरेको खतिवडाले बताए ।

यस विद्यालयमा अध्ययन गरि हाल बिभिन्न देशमा रहेका १६ जनाको ५/५ हजार सहयोगमा साे सामाग्री बितरण गरिएकाे हाे । साथै अक्षयकोष स्थापनाको लागि पं नारायणप्रसाद पौडेलले रु २५,१०५ सहयोग गरेका छन ।

सहयोग गर्नेहरुमा सुरेन्द्र तामाङ, ईन्द्र बहादुर तामाङ, सञ्जीव खतिवडा, आयुष तामाङ, रिजन पौडेल, राम खतिवडा, बालकृष्ण लुँईटेल, अस्मीता तामाङ, रेशम तामाङ, ज्ञान बहादुर तामाङ, राज लामा, देवराज लामा, श्याम तामाङ, सन्तोष लुँईटेल, विवेक तामाङ र अमित तामाङ रहेका छन । विद्यालयमा एक कार्यक्रमका बिच उनिहरूबाट संकलित कुल ७८ हजार ७ सय ५९ रुपैंया ४ पैशा बराबरको सहयोग गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय