BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका -६ स्थित हेलम्बु बोधिसत्व मोडल विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । द सिन्धुपाल्चोक बिजनेस क्लवले यस विद्यालयका २०० जना विद्यार्थीलाई न्यानो कपडा(ज्याकेट) प्रदान गरिएको हो ।

हेलम्बु गाउँपालिकाको मोडल विद्यालयको रुपमा रहेको यस विद्यालयमा नि:शुल्क छात्रबास सहित प्राबिधिक बिषय समेत अध्यापन हुने गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । अध्यक्ष शेर्पाले पालिकाले कक्षा १२ सम्म नि:शुल्क अध्ययनको व्यवस्था गरेको बताउँदै स्नातक तह सम्म निशुल्क गर्ने लक्ष्य रहेको जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

सहयोगी संस्थाका अध्यक्ष नयनबहादुर पण्डित(क्षेत्री)ले संस्थाले सामाजिक क्षेत्रमा गरिरहेको कामको बारेमा जानकारी गराए । बिपदमा परेका तथा कम आय भएकाहरुलाई संस्थाले विभिन्न सहयोग गर्दै आएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पासाङ शेर्पाले सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई अझ सहयोगी संस्थाको खाँचो रहेको अवगत गराए ।

सिन्धुपाल्चोकबाट राजधानी आएर व्यापार व्यवसाय गर्दै आएका उत्साही युवाहरुले स्थापना गरेको दि सिन्धुपाल्चोक बिजनेश क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाले हेलम्बु -मेलम्ची बाढि प्रभावित, बिभिन्न स्कुलमा ब्याग तथा पोशाक बितरण, बिभिन्न गम्भिर रोग लागेकाहरुलाई सहयोग लगायत बिपक्तिमा परेकालाई सहयोग गर्ने गरेको संस्थाका महासचिव रत्न पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय