BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव हुन लागेकोले आफू उत्साहित भएको बताए । “पहिलो पटक मेरो वडामा महोत्सव हुँदैछ म अत्यन्तै उत्साहित छु”, उनले भने । महोत्सव सफल पार्न आफुले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाध्यक्ष दनुवारले जानकारी दिए ।

आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उनको भनाई थियो । साँस्कृतिक महोत्सव यहि पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ । १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सव मा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक ले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन लाई विशेष प्राथमिकता दिएर विशेष गरि कृषि लाई प्रवर्द्धन गर्ने उदेश्य ले महोत्सव संचालन गर्न लागेको महोत्सवका व्यबस्थापक तारा बहादुर खड्काले बताए ।

महोत्सव को उद्घाटन सत्र इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा हुनेछ । महोत्सवमा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतीलाई प्रदर्शन गर्नेछन ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योति मगर, सुगम पोखरेल, एलिना चौहान, दुर्गेश थापा, प्रेम लोप्चन, चन्द्रसिंह घले, तेज तामाङ लगायतका कलाकारले साङ्गितिक प्रस्तुति दिने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय