BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव हुन लागेकोले आफू उत्साहित भएको बताए । “पहिलो पटक मेरो वडामा महोत्सव हुँदैछ म अत्यन्तै उत्साहित छु”, उनले भने । महोत्सव सफल पार्न आफुले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाध्यक्ष दनुवारले जानकारी दिए ।

आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उनको भनाई थियो । साँस्कृतिक महोत्सव यहि पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ । १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सव मा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक ले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन लाई विशेष प्राथमिकता दिएर विशेष गरि कृषि लाई प्रवर्द्धन गर्ने उदेश्य ले महोत्सव संचालन गर्न लागेको महोत्सवका व्यबस्थापक तारा बहादुर खड्काले बताए ।

महोत्सव को उद्घाटन सत्र इन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा हुनेछ । महोत्सवमा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतीलाई प्रदर्शन गर्नेछन ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योति मगर, सुगम पोखरेल, एलिना चौहान, दुर्गेश थापा, प्रेम लोप्चन, चन्द्रसिंह घले, तेज तामाङ लगायतका कलाकारले साङ्गितिक प्रस्तुति दिने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय