BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

मेलम्ची नगरपालिकाका ६ वटा वडाका ८० जनालाई विपद्  जोखिम न्यूनीकरण सम्बन्धि तालिम प्रदान गरिएको छ । रिड नेपालको आयोजना, मेलम्ची नगरपालिकाको समन्वय तथा करुणा ट्रष्टको सहयोगमा आयोजित तिन दिने तालिमको आइतवार समापन गरिएको हो ।

प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत खोज तथा उद्धार तालिमको लागि प्रशिक्षक तयार गर्ने उदेश्यले  तालिम आयोजना गरिएको रिड नेपालका परियोजना अधिकृत शोभा सुवेदीले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

पहिलो दिन खोज र उद्दार तथा दोश्रो र तेस्रो दिन प्राथमिक उपचार र चिकित्सकिय सहयोग सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक तालिम गरिएको  प्रशिक्षक जिल्ला रेडक्रस सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइरालाले जानकारी दिए । जति छिटो उद्दार गर्न सक्यो उति मानवीय क्षति कम हुने, सुरक्षाकर्मीले मात्र नसक्दा विपद्मा समुदायका ब्यक्तिले पनि तालिम लिदाँ खोज उद्दारमा सहयोग पुग्ने उनले बताए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका-१० का अध्यक्ष  अमृत खनालले तालिममा  सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरे । उनले रिड नेपालले विपद् , शिक्षा र अन्य क्षेत्रमा गरेको कार्यको प्रसंशा गर्दै  विपदमा परेका व्यक्तिहरुको  खोज तथा उद्दार र प्राथमिक उपचार कसरी गर्ने भन्ने बिषयमा तालिम महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिका – वडा नम्बर १३ का सदस्य उद्दवप्रसाद ढुंगाना, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य राजेन्द्रमान ताल्चाभँडेल लगायतले विपद् सम्बन्धि तालिमले समुदायमा सघाउ पुग्ने बिश्वास व्यक्त गरे । रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले संस्थाले गरिरहेको कामको जानकारी गराउँदै संघ- संस्था, स्थानीय समुदाय र सरकार मिलेर मात्र विपद्को सामना गर्न सकिने बताए ।

तालिमका सहभागीहरुले आफुले जानेका कुरा व्यवहारमा उतार्दै समुदायमा पनि सिकाउने प्रतिबद्धता ब्यक्त गरे । तालिमको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका कार्यालय प्रमुख भरत कोइराला, बतास फाउण्डेशनका उद्धव अवस्थी, रेडक्रस भक्तपुर शाखा सदस्य संगिता थापा लगायतले सहजिकरण गरेका थिए । तालिममा नगरपालिका भित्रका वडा नम्बर ४, ६,१०,११,१२ र १३ वडाका ८० जना स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय