काठमाडौं । तातोपानी भन्सार कार्यालयमा सबैभन्दा बढी राजश्व दाखिला गर्ने भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर सम्मानित भएको छ ।
७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर तातोपानी भन्सार अधिकृत दयानन्द केसीले भाटभटेनीलाई प्रशंसा–पत्र हस्तान्तरण गरेका हुन् । “भन्सार कार्यालयमार्फत् व्यवसायिक कारोबार गरी मूल्यांकन अवधिमा सबैभन्दा बढी राजश्व दाखिला गरी भन्सार राजश्व संकलन कार्यमा उत्कृष्ट योगदान पु¥याउनुभएकोले ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा यहाँको उच्च कदर गर्दै यो प्रशंसा–पत्र प्रदान गरिएको छ,” केसीले प्रदान गरेको पत्रमा भनिएको छ ।
इन्द्रावती गाउँपालिकाको सूचना



यसअघि ठूला करदाता कार्यालयले पनि भाटभटेनीलाई बढी कर तिरेको भन्दै सम्मान गरेको थियो । भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका थिए ।
