BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

मेलम्ची ९ रातमाटामा रहेकाे श्री सातकन्या माविले ५१ औं बार्षिकाेत्सव मनाएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आईतमान तामाङकाे प्रमुख आतिथ्यतामा विद्यालयले बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे हाे ।

इन्द्रावती गाउँपालिकाको सूचना

कार्यक्रमलाई सम्बाेधन गर्दै मेलम्ची नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले विद्यालयकाे भाैतिक संरचना लगाएतका काम पालिकाले गरिरहेकाे जानकारी दिए । विद्यालयकाे लागि अघिल्लो बर्ष केही संरचना बनाउन सहयाेग गरेकाे बताउँदै विद्यालयकाे भवन निर्माणका लागि कार्यपालिकाले निर्णय गरि नमुना विद्यालय बनाउन राष्ट्रिय याेजना आयाेगमा प्रश्ताव गरेकाे जानकारी दिए । गुणस्तरीय शिक्षा प्रदा गर्नका लागि धेरै कामहरू बाँकि रहेकाले विद्यालय, विव्यास, अभिभावक र विद्यार्थी सबैकाे भूमिका बराबर रहने तामाङले बताए ।

यस्तै कार्यक्रमकाे अवसरमा बाेल्दै मेलम्ची नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथि उमा प्रधानले शिक्षाको गुणस्तरका लागि सातकन्याका अभिभावकहरू पनि जागरुक रहेकाे बताइन । विद्यालयका भाैतिक पुर्वाधार तथा अन्य क्षेत्रकाे काम बाँकि रहेकाेले अबका दिनमा ती समस्याहरूकाे नगरपालिकाले साझेदारी गर्ने बताइन ।

कार्यक्रममा आफ्नाे भनाई राख्दै वडा नम्बर १० का अध्यक्ष अमृत खनालले विद्यालयकाे सिँगाे टिम नै उर्जाशिल र जाेसिलाे रहेकाले असफल हुने छुट नरहेकाे बताए । विद्यालयकाे लागि भाैतिक तथा शैक्षिक  उपलब्धिका लागि याे उत्तम समय रहेकाले भरपुर उपयाेग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा मन्तब्य राख्दै वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले शैक्षिक गुणस्तरका लागि केही पनि कुरामा सम्झौता नगरिने बताए । साथै विद्यालयहरूमा मनोपरामर्श कक्षा  सञ्चालन गर्नुपर्नेमा उनले जाेड दिए ।

विद्यालयकाे बार्षिकाेत्सवमा मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, निर्वाचित वडा सदस्यहरू, विभिन्न राजनितिक दलका प्रतिनिधिहरू, संघसंस्थाका प्रतिनिधिहरू, पूर्व विद्यार्थीहरू, विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावक तथा बिद्यार्थीहरूले उपस्थिति रहेकाे थियाे ।

विद्यालयले पुर्व शिक्षकहरू तथा विद्यालयका उत्कृष्ट बिद्यार्थी तथा अभिभावहरूलाई सम्मान गरेकाे छ । विद्यालयकाे प्रगति प्रगति प्रतिवेदन प्रधानाध्यापक जनक अधिकारीले प्रश्तुत गरेका थिए । बार्षिकाेत्सवकाे अवसरमा प्रतिमा अर्याल, प्रदिप राेक्का, ओम तामाङ, रमेशराज बराईलि र छेवाङ डि स्याङ्बाेले मनाेरञ्जन गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय