नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ४ स्थित जलेश्वर आधारभूत विद्यालयका शिक्षक तथा कर्मचारीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयाेग गरेका छन ।
टाकुरे आगलागी पिडित श्री टाकुरे आ. वि. का प्रधानाध्यापक सावित्री गजुरेललाई जलेश्वर आधारभूत विद्यालयका शिक्षक, कर्मचारीहरू बाट संकलित रकम सहयाेग गरिएकाे हाे । आकस्मिक आगलागी बाट घरमा भएकाे क्षति प्रति विद्यालयले दुख ब्यक्त गरेकाे विव्यस अध्यक्ष राजेश अधिकारीले बताए ।
इन्द्रावती गाउँपालिकाको सूचना



क्षतिले भएकाे पिडामा मलम पट्टि लगाउने उद्देश्यका साथ विद्यालय परिवारले रकम संकलन गरेर सहयाेग गरेकाे विद्यालयका प्रधानाध्यापक भीमसेन अधिकारीले जानकारी दिए । विव्यस अध्यक्ष राजेश अधिकारी र प्रधानाध्यापक भीमसेन अधिकारीकाे उपस्थितिमा संकलित रकम हस्तान्तरण गरिएकाे छ । विद्यालयका शिक्षक रेवतीरमण काेइरालाले माघ १९ गते नै पिडितलाई ३ हजार सहयाेग दिइसकेकाे बताइएकाे छ ।
जलेश्वर आवि परिवारकाे तर्फबाट संकलित १७ हजार ५ सय रूपैयाँ पिडितलाई दिइएकाे छ । १० जना शिक्षक- कर्मचारी हरूबाट साे रकम संकलन गरिएकाे हाे ।

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का सावित्री गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

