BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

भट्टराई कुलवंश प्रतिष्ठान, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको मूल आयोजनामा मेलम्ची–११ स्थित कुलदेवता स्थल बशिष्ठधाम कुल मन्दिर प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ–२०८२ आगामी मङ्सिर ८ गतेदेखि १६ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ। महायज्ञमा प्रसिद्ध भागवत वाचक व्यासाचार्य पण्डित नवराज भट्टराई र पण्डित अच्युतकृष्ण अधिकारीको कथावाचन तथा भक्ति–सङ्गीत हुनेछ ।

May be an image of text that says 'ลทีสิงิน វីនកស្មយ श्रीहरि: Il अपूर्वरसरुपैव कथाचात्र भविष्यति Il कुशवंश លហម "गर्व गदाँ हुनुमा वशिष्ठ ऋषिका सन्तति खोज्दी संस्कार सहितको समुन्नति !!" ស្តុទបេ ॐ श्री कुलपिता वशिष्ठाय नमः ॐ श्री कुलमाता अरुन्धत्यै नमः ॐ श्री कुलदेवतायै श्रीमदभागवत नमः सप्ताह कधाव्यास ज्ञानमहायज्-२०८२ व्यासचार्य प. नवराज भह्टराई २०८२ मसिर ረ गते कलश यात्रा आयोजक: मट्टराई कुलवंश प्रतिष्ठान जिल्ला कार्यसमिति सिन्धुपालचोक CCTORRE S 本 कधाव्यास प. अच्यतकष्ण अधिकारी O.. O.K S 一四'
मेलम्ची ११ स्थित धुसेनीचौरमा कुलगुरु भगवान् वशिष्ठको स्मारक निर्माण गरि यस पवित्र भुमिलाई धार्मिक एवम् पर्यटकीय भूमिको रुपमा विकास गर्ने हेतुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको भट्टराई कुलवंश प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्ष शिवराम भट्टराईले जानकारी दिनुभयो । महायज्ञबाट धार्मिक, आध्यात्मिक र स्थानीय पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने जिल्ला अध्यक्ष भट्टराईले बताउनुभयो ।

इन्द्रावती गाउँपालिकाको सूचना

May be an image of temple and text
उहाँका अनुसार पछिल्ला वर्षमा भट्टराई समुदायको कुलपूजा, सांस्कृतिक पहिचान र धार्मिक आस्थालाई संरक्षण गर्दै कुलदेवता स्थलको पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।
कार्यक्रम प्रत्येक बिहान ८स्०० बजेदेखि ११स्३० बजेसम्म पाठ तथा मध्याह्न १२स्०० बजेदेखि ३स्४५ बजेसम्म कथा प्रवचन हुनेछ भने दैनिक सन्ध्या आरती अपरान्ह ४स्०० बजे हुनेछ । हरेक दिन साझ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट भजन किर्तन सहित मनोरञ्जन प्रदान गरिने हुँदा आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, भट्टराई वंशज तथा स्थानीय समुदायलाई महायज्ञमा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय