BREAKING
प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२ भलिबल प्रतियोगिताको उपाधी मेलम्चीलाई | नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको तेस्रो ग्रेडिङ सम्पन्न | प्रगतिको ३४औँ वार्षिकोत्सवका अवसरमा प्रगति बाल उत्सव समारोह–२०८२ सम्पन्न | अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिको सशक्तीकरणमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न | पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न | ८३ वर्षीय वृद्ध हत्या घटनामा ३ भारतीयविरुद्ध मुद्दा दर्ता | हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानको खेतबाटै बजारसम्म उपज ढुवानी | नेकपा (एमाले) नै सर्बोत्कृष्ट पार्टी हो: हस्त पण्डित | भोटेनाम्लाङमा निर्माणाधीन ८४ फिट अग्लो गौतम बुद्ध प्रतिमा निर्माणमा सुरेन्द्र सुनारद्वारा आर्थिक सहयोग |

सिन्धुपाल्चोक जिल्लामा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा ९ हजार ३१९ मतदाता थपिएका हुन् ।
गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी सर्मिला चौलागाईंले जानकारी दिनुभयो ।
चौलागाईंका अनुसार कार्यालयमै पुगेर दुई हजार ३८० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ९२८ र पुरुषको सङ्ख्या एक हजार ४५२ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ९३९ जनाले नाम दर्ता गराएका छन् ।
राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।
यसैगरी २ सय ५० जनाले ठाउँसारी र २ सय ५० जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको चौलागाईंले बताउनुभयो । विसं २०८२ असोज १० गतेसम्म जिल्लामा दुई लाख ६५ हजार १९१ जना मतदाता रहेको कार्यालयले जनाएको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय