BREAKING
पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता |

पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति अन्ततः प्राप्त भएको छ। निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाले लामो प्रतीक्षापछि दूरसञ्चार सेवाको पहुँच पाउने आशा गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक तीन वर्षको प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएकोमा असाध्यै हर्षित भएको बताउनुभयो । तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको लामाले बताउनुभयो ।
अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीका लागि जिल्ला प्रशासन कार्यालयलाई विशेष धन्यवाद ब्यक्त गर्नुभयो ।
यस कदमले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन, आपतकालीन संचार सुविधा र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

इन्द्रावती गाउँपालिकाको सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय